विराटनगर, पौष १८ गते । । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषदको सिफारीषको आधारमा राष्ट्रपतिद्धारा गरीएको प्रतिनिधी सभाको असबैधानिक विघटन कदमलाई खारेज गर्न जनता समाजवादी पाार्टी नेपालले प्रदेश नं. १ को प्रमुख शहरहरुमा सडक आन्दोलनको घोषणा गरेको छ ।
देशव्यापी आन्दोलन गर्ने जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यक्रम अनुसार प्रदेश नं. १ को प्रमुख तीन ठूला शहरहरुमा आन्दोलन गर्ने तयारी गरेको जसपा जिल्ला कार्यसमिति मोरंगका अध्यक्ष द्धय मो. कादिर र राजकुमार यादवले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
आन्दोलनको कार्यक्रम अनुसार पौष २५ गते प्रदेश नं. १ को राजधानी विराटनगरको जनआनदालन चौकमा गर्ने भएको छ । उक्त सभामा जसपा संघिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपाका केन्द्रीय कार्यकारीणी अध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादव र जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य माननीय लक्ष्मणलाल कर्णको सहभागीता हुने छ ।
त्यसैगरी पौष २९ गते झापाको विर्तामोडमा आमसभा हुने भएको छ । जसमा वक्ताको रुपमा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा पूर्व मन्त्री रकम चेमजाङ, केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनको हुने छ ।
माघ ३ गते हुने आन्दोलन धरानमा हुने भएको छ । जसमा केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री अशोक कुमार राई, केन्द्रिय कार्यकारिणी सदस्य पूर्व मन्त्री रकम चेमजोङ, केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री पर्शुराम खापुङ र केन्द्रिय कार्यकारिणी सदस्य युवराज काकी वक्ताको रुपमा रहने भएको छ ।
जनआन्दोल र जनसंघर्षको जनकारीदिने गरिएको पत्रकार सम्मेन प्रेस नेपालका मोरंग जिल्ल अध्यक्ष मुकेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]