विराटनगर, पौष १८ गते । नियन्त्रित लागु औषधको कारोवार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उप(महानगरपालिका वडा नं. ९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।
गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका वडा नं. १ का २४ बर्षीय मान बहादुर लिम्बुलाई २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।
साथै लिम्बुले गाँजा ओसार पसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ ।
त्यसै गरी मोरङ केराबारी गाउँपालिका वडा नं. १० खदम खोला स्थित एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका वडा नं.७ का १७ बर्षीय बिशेष राई र १९ बर्षीय बिपिन लिम्बु रहेका छन ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले २ केजी गाँजा सहित पक्राउ गरेको हो ।
लागुऔषध गाँजा सहित पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।
त्यसैगरी जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं. १ फाटक दशगजा स्थितमा भारतबाट नेपालतर्फ अबैध रूपमा भन्सार छली ल्याई वेवारिसे अवस्थमा छाडिएको अन्दाजी मुल्य रू. १० हजार बराबरको ८६ प्याकेट बलवान छाप खैनी प्रहरी चौकी गडेरिया बाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]