बिराटनगर, पौष १६ गते । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।
मोरङको बिराटनगर महानगरपालिका वडा नं. १७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका वडा नं. २ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागुऔषध सहित पक्राउ परेको हो ।
पक्राउ परेका साथबाट प्रहरीले एभील–१ एम्पुल, लुपिजेसिक–१ एम्पुल, डाईजोल्याव–१ एम्पुल र नाईट्राभेट–१०५ ट्याब्लेट बरामट गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
त्यसैगरी झापाको भद्रपुर नगरपालिका वडा नं. ४ डागीवारीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नं. ५ का २५ बर्षीय अर्जुन हल्दार र ३३ बर्षीय मुस्तेक शेकलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
निजहरुको साथबाट प्रहरीले लागुऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]