झापा, पौष १६ गते । झापाको गौरादह नगरपालिका वडा नं. २ बाट मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् ।
मंगलवार दमक नगरपालिका वडा नं. ७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन गौरादह नगरपालिका वडा नं. ७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।
मोटरसाईकल फेला परेसंगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका वडा नं. २ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको र निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]