विराटनगर, पौष ०८ गते । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका वडा नंं. २ बाट २ जना र बिराटनगर महानगरपलिका वडा नं. १६ बाट १ जना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका वडा नं. २ डोरीयाबाट उर्लावारी नगरपालिका वडा नं. ७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका वडा नं. ५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका वडा नं. ८ का २३ बर्षीय सुमन साह हलुवाईलाई लागुऔषध नाईट्राभेट ४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]