रंगेली, पौष ८ गते । भारत तर्फ चोरी निकासी भई रहेको र क्वारेन्टाईनको सिफारीस समेत नभएको चौपायाहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं. ४ चिसाङ खोलाको बगर स्थितमा नेपाल बाट भारततर्फ अबैध रुपमा चोरी निकासी गरी पैदल लाँदै गरेको गाई १६ वटा गाई र ४ वटा गोरु नियन्त्रणमा एिको थियो ।
करीब २ लाख ८० हजार मूल्य पर्ने गाई गोरु भेटनरीवाट क्वारेन्टाईन सिफारीस नलिई भारत तर्फ लादै गरेको गाई गोरु ईलाका प्रहरी कार्यालय रंगेली तथा अप्रचौ बेतौना बाट खटिएको प्रहरी टोली उक्त गाई गोरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बझाएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]