विराटनगर, पौष ७ गते । मोटर साईकल चारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ स्थित नोवेल अस्पतालको परिसरमा पार्किङ गरी राखिएको चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको पौष ६ गते रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दिएको हुँदा उक्त मोटरसाईकल खोजतालास गर्ने क्रममा सोही दिन जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.४ स्थित बुढाथोकी मार्गमा ४ जना मानिसहरू डो¥याउदै आएका थिए ।
मोटर साईकल डो¥याउने जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.४ बस्ने बर्ष २० को विवेक थन्दार, बर्ष २० को अमन थन्दार, बुढिगंगा गाउँपालिका वडा नं. २ बस्ने बर्ष २० को पुजन थन्दार र जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. १० बस्ने बर्ष २० को नगेन्द्र चौधरीले प्रदेश नं.१–०२–०४२ प ७३४८ नं. २२० सिसिको पल्सर मोटरसाईकल डोर्याीउँदै ल्याई रहेको अवस्थामा फेला पारीएको थियो ।
उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी चोरी गरेको खुल्न आएको हुँदा निजहरू उपर थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]