सुनसरी, पौष ६ गते । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भोक्राहा नरसिङ गाउँपालिका वडा नं.३ का ३६ बर्षीय महेन्द्र यादव र कोशी गाँउपालिका वडा नं.२ का ३७ बर्षीय सुरज राम रहेका छन ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साईकलमा आएका दुबैजनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा २१ बोतल डाइलेक्स डि.सी. र १ सय ८० नाइट्रोभेट ट्याव्लेट लागुऔषध फेला परी बरामद गरेको हो । पक्राउ परेका दुबैजना उपर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनी कारवाही अगाडी बढाईएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]