विराटनगर, पौष १ गते । भारतवाट अवैद्ध रुपमा कर छली गरी ल्याइएका लेडिज सुईटर लगायत खाद्ययान सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ स्थित जतुवा नहर नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी (लत्ताकपडा, चिनी तथा प्याज) लगायतका समानहरु बरामद गरिएको हो ।
बरामद गरिएको सामाग्रीहरुमा लेडिज सुईटर १४ पिस, लेडिज ओड्ने बर्को ५ पिस, प्याज ५ बोरा अन्दाजी ८० केजी, चिनी ३ बोरा अन्दाजी १५० केजी रहेको छ ।
अन्दाजी २९ हजार २ सय बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]