विराटनगर, मंसिर ३० गते । एउटा ग्यास सिलिण्डर अर्को ग्यास सिलिण्डरमा ग्यास भरी कालो बजारी गर्ने एक जना व्यपारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १४ मलाहा रोडमा रहेको मनिष यादवको फोटोकपी तथा ग्याँस पसलमा एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनिष यादवलाई पक्राउ गरेको हो ।
यादवको पसलमा खानतलासी गर्दा पसलबाट ठुलो ग्याँस सिलिण्डर ११ थान, सानो ग्याँस सिलिण्डर २ थान, तौल मेसिन १ थान, रेगुलेटर २ थान, एयर लिंक गर्ने पाईप १ थान समेत फेला पारी सामन सहित यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]