विराटनगर, मंसिर ३० गते । मोरङको धनपालथान गाउँपालिका वडा नंं. ४ बाट भन्सार चोरी पैठारी गरी भित्र्याईएको २ हजार ४ सय ६० केजी चिनी सहित ४ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङगेली नगरपालिका वडा नं. १ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका वडा नं. १ का १७ बर्षीय दिपक कुमार मण्डल, १८ बर्षीय अर्जुन कुमार मण्डल र १९ बर्षीय रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
चिनी ओसार पसार गर्न प्रयोग गरिएकोे को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाईकल सहित पक्राउ समेतलाई नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी सुनवर्सी नगरपालिका वडा नंं ७ बाट अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी रू १६ लाख मुल्य बराबरको अन टेस्ट लेखेको ट्रयाक्टर बरामद भएको छ । प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो । बरामद भएको चिनी तथा ट्याक्टर समेत आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय रानीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]