हिरालाल साह
बिराटनगर, मंसिर १४ गते । बाल अपांग टेवा नामक संस्थाले एक कार्यक्रम गरी १५ जना असहाय अपांगहरूलाई ह्विल चेयर बितरण गरेको छ ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री माननीय शेरधन राईको प्रमुख अतिथिमा झापा, मोरङ, सुनसरीका अपांगहरूलाई ह्वील चेयर वितरण भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि शेरधन राईले प्रदेश १ लाई अपांगमैत्री बनाउन आफू लागिपरेको र त्यसकालागि करुणा फाउन्डेसन सित सहकार्य गरि सकेकोले छिट्टै यो प्रदेश अपांग मैत्री हुने विश्वास लिएको वताए ।
सो संस्थाको तर्फबाट नवराज कार्कीले १७ बुँदे ज्ञापनपत्र मुख्य मन्त्री राईलाई बुझाएका छन् । देशभरिका कार्यालयलाई अपांग मैत्रि बनाउनेतर्फ जोड दिनुपर्ने, हाल पाईरहेको १६ सय भत्तालाई बढाउनु पर्ने, मेरुदण्डको ओखती निःशुल्क उपलब्ध गराउनुपर्ने आदि माग राखेका छन ।
अपांग महासंघका प्रतिनिधि बिमल बस्नेत, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइँटेल, अपांगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने संस्थाका अध्यक्ष डेन्डि शेर्पाले गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]