रंगेली, मंसिर ११ गते । जगली हरिण जंगलभन्दा बाहिर आई चरी रहेको अवस्थामा फेलापरी सब डिभिजन वन कार्यालय रंगेलीमा बुझाएका छ ।
प्रदेश नं. १ मोरंग जिल्लाको पुरानो सदर मुकाम हालको रंगेली नगरपालिका वडा नं. दौलतपुर स्थित शिव कुमार मण्डलको पोखरी छेउमा चरी रहेको एक हरिणलाई स्थानीहरुले नियन्त्रण लिई राखेको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय रंगेलीले पाएपछि प्रहरी टोली खटि गई उक्त हरिण जिम्मा लिएका थिए ।
सो हरिणलाई इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका वडा नं. ३ आमतोला स्थित सब डिभिजन वन कार्यालय रंगेलीमा बुझाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]