मिर्चैया, मंसिर ९ गते । महोत्तरी जिल्लाका वर्दिवासमा ६ वर्षिय बालिकाको बलात्कार गरी हत्या भएको विरोधमा स्थानीय आन्दोलित भएको छ ।
विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाए पछि गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । प्रदर्शनका कारण वर्दिवास अवस्था तनावग्रस्त छ ।
बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका हुन् । घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्काे एकजना छन् । श्यामको टाउकोमा गोली लागेको छ भने सञ्जयको खुट्टामा गोली लागेको छ । गम्भीर घाइते दुई जनालाई काठमाडौं पठाइएको छ भने एकजनाको बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन र राजमार्ग खुलाउन दर्जनौं राउण्ड अश्रु ग्यास र गोली समेत चलाएको थियो ।
बर्दिबास १४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको हो । आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको थियो ।
बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।
पटक–पटक साहले घट्ना घटाएककाले उनलाई धरौटीमा छुट्न नपाउने गरी आजीवन कैद सजया हुनुपर्ने माग गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]