सुनसरी, मंसिर ४ गते । सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार ईनरुवा नगरपालिका वडा नं. ६ बाट ४ जना र आज बिहान ईनरुवा नगरपालिका वडा नं. १० बाट १ जनालाई पक्राउ गरेको हो ।
ईनरुवा नगरपालिका वडा नं. ६ बाट डाईलेक्स डीसी १०० को १४ बोतल, एसपामो प्रोक्सीभोन ८ क्याप्सुल, निटराभेट १० लेखिएको १५ ट्याब्लेट, बिभिन्न कंपनीको मोबायल थान–५ र प्रदेश १०–०२०४१ प ९२७ नम्बरको मोटरसाईकल थान १ सहित स्थानीय नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगर समेत पक्राउ परेका हुन् ।
त्यसैगरी ईनरुवा नगरपालिका वडा नंं. १० बाट हरिनगर गाउँपालिका वडा नंं ४ का २७ बर्षीय नौसाद अन्सारीलाई डाईलेक्स डीसी १०० को ३९ बोतल, एसपामो प्रोक्सीभोन ७२ क्याप्सुल, निटराभेट १० लेखिएको ७७ ट्याब्लेट र १ थान मोवायल सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र वडा नं. ७ बोराबाध स्थितबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका वडा नं. ५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसरी लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]