खोटाङ्ग मंसिर ४ गते । अधिक रक्तश्रावका कारण बिरामी परेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ।
सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना भएकी कविताको उपचार सम्भव नभएपछि थप उपचारका लागि बुधबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको हो।
सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक रक्तश्राव भएपछि बिरामी परेकी राईलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले काठमाडौं थापाथलीस्थित प्रसूति गृहमा पठाइएको अस्पतालका मेडिकल अधिकृत डा.मनिष पौडेलले बताए।
‘कविताको शरीरबाट धेरै ब्लड गएको छ’, उनले भने, ‘उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले यहाँको अस्पतालमा सुविधा नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।’ रासस नागरिक दैनिकवाट
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]