विराटनगर, मंसिर ३ गते । प्रदेश नं. १ को प्रदेश प्रहरी कार्यालयद्धारा आयोजित कार्य सम्पादन सम्झौता, प्रगती समीक्षा कार्यान्वयनको चौमासिक कार्यक्रमको अवसरमा प्रहरी संगनको व्यवसायिक हितलाई आत्मसाथ गर्दै अगाडी वढ्न निर्देशन दिएको छ ।
उक्त कुरा कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक इश्वर बाबु कार्कीले दिनु भएको हो । साथै कार्कीले कार्य सम्पादनको समीक्षा गर्दै देखिएका कमि कमजोरीलाई औल्याउदै सबैले आफ्नो स्थानबाट आत्म समीक्षा गरी जनमानसमा प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको थियो ।
साथै कार्कीले प्रहरी हवल्दार तथा जवान लक्षित उत्प्रेरणा अभिवृद्धि २०७७ लाई अक्षरस पालना गर्न गराउन एवम संगठन प्रमुख प्रहरी महानिरीक्षकले अवलम्बन गरेका कार्ययोजना र कार्यादेशको अक्षरस पालना गर्दै संगठनको व्यवसायिक हितलाई आत्मसाथ गर्दै कार्य सम्पादन गर्नु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी प्रगति समिक्षा कार्यक्रममै संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले अपराध तथ्याङ्क विश्लेषण प्रस्तुति तथा अपराध अनुसन्धानमा देखिएका कमि कमजोरी माथी प्रकाश पार्दै वस्तुनिष्ठ र पारदर्शी अपराध अनुसन्धानमा सबै प्रहरी व्यवसायिक रूपले कर्तव्यनिष्ठ भई काम गर्नु पर्ने बताउनु भएको थियो ।
उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षकहरु र प्रदेश प्रहरी तालिम केन्द्र रानीका सह समादेशक प्रहरी नायव उपरीक्षकको सहभागिता रहेको थियो ।
उपस्थित सबै कार्यालय प्रमुखहरूले चार महिनाको आ–आफ्नो कार्य सम्पादनको प्रगती विवरण सहितको प्रस्तुतीकरण गर्नु भएको थियो । निकट भविष्यमै बाँकी रहेका जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स मार्फत कार्य सम्पादन सम्झौता प्रगती समीक्षा सम्बन्धी छलफल गर्ने कार्यक्रम रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]