विराटनगर, मंसिर २ गते । जुवा खेल्ने एक समूहलाई प्रहरीले १ लाख ८८ हजार नगद र जुवा खेल्ने सामग्री सहित पक्राउ गरेको छ ।
मोरङ लेटाङ नगरपालिका वडा नं. ९ जाँते स्थितमा सोएता मगरको घरमा जुवा खेली रहेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई जुवा खेल्दै गरेका निम्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका वडा नं. ९ जाँते बस्ने बर्ष ४५ को ददिराम पौडेल, २५ को निर्मल मगर, बर्ष ३१ को रन्जित गजमेर, बर्ष ५२ को नरध्वज खड्का, बर्ष ३२ को चन्द्र बहादुर गौतम, बर्ष २९ को सिरि कुमार पुलामी मगर र जिल्ला तेह्थुम मेन्सायोङ गाउँपालिका वडा नं. ३ बस्ने यम कुमार शेर्पा रहेका छन् ।
उनीहरुको साथवाट नगद रुं १ लाख ८८ हजार ७ सय ४५ रुपिया नगद, कौडा १ सेट, तास ६ बुक, मोवाईल १६ थान रहेको छ ।
ती सवै उपर जुवा ऐन अन्तर्गत थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]