उदयपुर, कार्तिक २७ गते । ईलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्धा फरार प्रतिवादीलाई ११ बर्ष पछि पक्राउ गरेको छ ।
२०६६ जेष्ठ १४ गते सम्मानित जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्धामा ७ बर्ष कैद फैसला भई हाल सम्म फरार रहेका चौदण्डीगढी नगरपालिका वडा नंं ९ का ४६ बर्षीय नारायण बहादुर राउतलाई कार्तिक २६ गते गाउँघरमा नै लुकिछीपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]