विराटनगर, कात्तिक २६ गते । मोरङको विराटनगर सिमा एरियामा रहेको भारतिय बजार जोगबनीबाट भन्सार छली गरी ल्याएका करिव तिन लाख भन्दा बढि मुल्य बराबरका सामानहरु बरामद गरिएको छ ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार विराटनगर महानगरपालिका वडा नं. ९ स्थित सडक किनाराबाट १ लाख ४५ हजार ३ सय रुपैया मुल्य बराबरको लत्ता कपडा तथा किराना सामानहरु बरामद गरेको हो ।
त्यसै गरी सोही कार्यालयबाट खटिएको प्रहरी गस्ति टोलीले मंगलवार लाख ६७ हजार ३ सय मुल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको छ ।
गोप्य सुराकका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नंं १६ दरैया स्थित एक घरमा भन्सार छली गरी ल्याएका लत्ताकपडाहरु लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी बरामद गरेको हो ।
साथै भन्सार छली लत्ताकपडाहरु ल्याई लुकाई छिपाई राख्ने घर धनि २५ बर्षीय राहुल रायलाई समेत पक्राउ गरिएको र बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]