बिराटनगर, कार्तिक २१ गते । झापा र मोरङका बिभिन्न स्थानहरुबाट ठुलो परिणाममा अतिसबाजी पटका सहित ४ जना मानिस पक्राउ परेका छन् ।
सुनसरीको ईटहरी उपमहानगर पालिका वडा नंं ८ बाट बिहिवारे ४ बोरा पटका सहित ४ जना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका वडा नंं ९ का २२ बर्षीय सतस अन्सारी, हरिनगर गाउँपालिका वडा नंं. २ का २० बर्षीय दिनेश राम, ईटहरी उपमहानगर पालिका वडा नं. १३ का ३० बर्षीय रन्जित सरदार र ईटहरी वडा नं. १२ की ३२ बर्षीया शान्ता कुमारी चौधरीलाई पक्राउ गरेको हो ।
को १ ह ७२६० नम्बरको टेम्पो र को २२ प ३००२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई ठुलो परिणामको पटका सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
त्यसैगरी प्रहरी चौकी बाहुनीडाँगीबाट खटिएको प्रहरी टोलीले बिहिवार राती मेचीनगर नगरपालिका वडा नं. ५ बाट करिव ३ लाख ३० हजार बराबरको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]