झापा, कार्तिक २० गते । झापाको भद्रपुर नगरपालिका वडा नं. ५ स्थित सिमा एरियाबाट करिव तिन लाख बराबरको अतिसबाजी (पटका)सामग्रीहरु प्रहरीले बरामद गरिएको छ ।
बुधवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।
भारतीय बजारबाट पटका खरिद गरि सिमा एरियामा लुकाई छिपाई राखिएको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नंं ५ स्थित एरियामा लुकाई छिपाइ राखिएको तिन लाख बराबरको पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]