सुनसरी, कार्तिक १८ गते । श्रीमान श्रीमतीको विवादमा तीन वर्षकी नवालक छोरीको घाँटी थिचेर मारेको अभियोगमा ११ वर्ष पछि बुवा पक्राउ परेको छ ।
सुनसरी जिल्लाको साविक नरसिंह गाउा विकास समिति वडा नं. ४ को ५१ वर्षिय बुनिया भनिने करिम मियाँले आफ्नै छोरीलाई २०६६ साल मंसिर २२ गते ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेर फरार रहेका थिए ।
माईतीघरमा नै बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसंग बादबिबाद भए संगै आमा छोरीलाई नै कुटपीट गर्नुका साथै घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए । केही समय पश्चाच श्रीमती अजिरन खातुन होशमा आएको तथा नावालक छोरीको मृत्यु भएको भनी श्रीमति खातुनले नै मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् ।
जाहेरी दर्ता गरेकै दिन देखि नै फरार रहेका करिमलाई घटना भएको ११ बर्ष पछी २०७७ कार्तिक १७ गते पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]