काठमाण्डौ, कार्तिक ११ गते । विश्वमा कुनै कुनै घटना यस्ता पनि हुन्छन, जो अचम्म लाग्दो मात्रै हैन, निचताको पराकाष्ठा नै नाघ्ने खालका हुन्छन । रुसमा पनि यस्तै एउटा अचम्म लाग्दो र घृणित खालको घटनाको उजागर भएको छ ।

दक्षिणी रुसको क्रासनोदर शहरमा प्रहरीले एक दम्पतिलाई गिरफ्तार गर्यो । प्रहरीले दिमित्री बाकेशेभ र उनकी पत्नी नतालिया बाकेशेभलाई पक्राउ गरेको हो । प्रहरीले दुवैजनासंग सोधपुछ र अनुशन्धान गर्दा अचम्म लाग्दो र निकै दर्दनाक घटनाको उजागर भयो ।

प्रहरीले दिमित्री बाकेशेव र उनकी पत्नी नतालिया बाकेशेभसंग सोधपुछ गर्दा उनीहरुले ३० जना भन्दा बढी मानिसलाई मारेर उनीहरुको मासुको अचार बनाएर स्थानीय रेष्टुरेण्टहरुमा विक्रि गरेको तथ्यको खुलासा भयो ।

यो घटना सन १९१७ मा भएको थियो । घटना बिवरण सार्वजनिक हुनासाथ रुसका थुप्रै शहरहरुमा सनसनी फैलिएको थियो । मानिसहरु आतंकित र भयभित भएका थिए । प्रहरीले दिमित्री दम्पतिको घरबाट ८ जनाको शरीरका विभिन्न अंगहरुसमेत बरामद गरेको थियो ।

खानतलासीका क्रममा प्रहरीले १९ जनाको शरीरको छालासमेत बरामद गरेको थियो । दिमित्री दम्पतिले घरमा एउटा तहखाना जस्तो भूमिगत कोठा बनाएका थिए । जहाँ आफ्ना शिकार भएका मानिसहरुका विभिन्न अंगहरु फ्रिजमा राख्थे ।

उनीहरुले ती मानव अंगहरुसंग सेल्फी खिच्थे । यही सेल्फी नै यो घटना उजागर गराउने मुख्य सुत्रधार बनेको हो । प्रहरीले क्रासनोदर शहरमा एउटा मोबाइल फोन फेला पारेका थिए । मोबाइल फोनमा अचम्म लाग्दा फोटोहरु भेटिए । जसमा एक ब्यक्ति विभिन्न मानव अंगहरुका साथ सेल्फी खिचेको भेटियो ।

त्यही ब्यक्तिको पहिचान गर्दै अनुशन्धान अघि बढाउँदा प्रहरीले दिमित्री बाकेशेव र उनकी पत्नी नतालिया बाकेशेभलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीको अनुशन्धानबाट प्राप्त जानकारी अनुसार यो दम्पतिले कुनै पनि मानिसलाई मार्नुअघि नशालु लागु पदार्थको प्रयोग गर्थे । मानिस नशाले लठ्ठिएपछि उसको हत्या गरिन्थ्यो ।

यो दम्पतिले सन १९९९ देखि यो कुकृत्य शुरु गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ । दिमित्री बाकेशेव र उनकी पत्नी नतालिया बाकेशेभलाई पक्राउ गरेपछि प्रहरीले मनोरोग विशेषज्ञसंग परीक्षण पनि गराएका थिए । यसक्रममा दुवैजना मानसिक रुपमा स्वस्थ रहेको पुष्टि भएको डेलीमेलले जनाएको छ । एजेन्सी/अन्नपूर्ण पोष्टबाट

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]