विराटनगर, कार्तिक ६ गते । तीन लाख बरावरको अबैद्ध लत्ताकपडाहरु प्रहरीद्धारा बरामद गरिएको छ ।
अवैध रुपमा चोरी निकासी तथा पैठारीलाई निरुत्साहित गरि यस्ता अवैध काम गरि नेपाल सरकारको करलाई छलि गर्ने कामलाई अन्त्य गर्ने र तस्कर गर्ने मानिसहरुलाई कानून बमोजिम कार्वाही गर्ने अभियान अन्तर्गत ती अवैद्ध लत्ताकपडाहरु बरामद गरिएको हो । जिल्ला प्रहरि कार्यालय मोरङले विशेष सुचनाको आधारमा विशेष टोली परिचालन गरि कार्तिक ५ गतरे बिराटनगर महानगरपालिका वडा नं. ६ घाँस चौक स्थितमा भारत बिहार राज्य जिल्ला अररिया जोगमनी पञ्यायत वडा न. ९ बस्ने बर्ष २२ को किसन कुमार रायले सटर भाडा लिई अबैध रुपमा भारतबाट ल्याई कपडा स्टोक गरी राखेको विभिन्न किसिमका विभिन्न कम्पनिका कपडाहरु बरामद गरिएको छ ।
बरामद गरीएको लत्ताकपडाहरुमा कुर्था–सुरुवाल, कुर्थी–सिङ्गल, सुरुवाल, जेन्स पाईन्ट, टिसर्टहरु बरामद गरीएको छ । लत्ताकपडाका अवैद्ध कारोवार गर्ने किसन कुमार रायलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई कानुन बमोजिम कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएका छन् ।
त्यसैगरी मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ रानीबाट अवैध रूपमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा राखिएको अन्दाजी १० दशहजार मुल्य बराबरको प्याज जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]