ओखलढुंगा, कात्तिक ५ गते । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा नं.७ हर्कपुर बस्ने प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको लडेर मृत्यु भएको छ ।
विहान करीब ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए ।
वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]