फुलगेन मगही
बटेश्वर, असोज ३० गते । धनुषा जिल्लाको बटेशवर गाउँपालिकामा उज्जवल युवा क्लवको आयोजनामा मगही भाषा सास्कृती जागरण अभियानसम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी प्रदेश नं. २ का माननीय उमा शंकर अरगरियाले भने मगही भाषा भाषीको जनसंख्या बढी भएर पनि मगही भाषाको राजनितीक स्तरमा कुनै संरक्षण
सम्वद्र्धन नरहेको बेला म संसदमा सिङ्गो सान्सद मगही भाषा सास्कृतिका लागि अवाज उठाउदै आइरहेको र आफू जहाँ पनि अवाज उठाउन तयार रहेको बताए ।
त्यसैगरी बिशिस्ट अतिथी नबल शरण यादव कार्यक्रममा बोल्दै भने मधेसको अस्तित्व संग जोडेको यो मधेश क्षेत्रको मगही भाषा र मगही सास्कृती यस क्षेत्रको हरेक जातजातिहरु घरघरमा बोल्ने र मनाउने गरेको दावी गरेका थिए ।


मगही गीतमा नृत्य, लोग गीत, गायन झाखी, लगायतका मगही सास्कृतिका गाथाहरु सामुहिक रुपमा प्रदर्शनी गरिएको थियो ।
मगही भाषाका अभियन्ता फुलगेन मगहीले मगही भाषाको इतिहास, मगही संस्कृतिको क्षेत्र, मगही भाषा पछडी पर्नको कारण, मगही भाषा संस्कृतिको उत्थानमा खेल्नु पर्ने भूमिका वारेमा जानकारी गराएका थिए ।
साथै कार्यक्रमको उदघोषण बिजय कुमार दासले गरेका थिए । कार्यक्रममा बिशिस्ट उपस्तिथि नवल शरण यादव, सन्त सत्यनारायण अलोक, वीर बहादुर महतो, ओबिसी समाजके केन्द्रिय अध्यक्ष राम कुमार महतो, कुमरी देबी, चन्द्रकाला देबी, चन्द्रकाला देबी रामचन्द्र महतो देव सागर दास राज किशोर महतो राज किशोर महरा लगायतको उपस्थिती रहेका थिए ।
कार्यक्रमको आयोजना उज्ज्वल युवा क्लव बटेश्वर–३ ले गरेका थिए भन्ने अध्यक्षता क्लवका अध्यक्ष राजकिशोर महतोले गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]