बिराटनगर, असोज ३० गते कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवःथामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख वितरण गरेको छ ।
निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउँने, बेतलबी राख्ने, आंसिक काममा लगाउँने, काम गर्नेलाई पनि न्युन तलब दिने लगायत समस्या देखिएका बेला नोबेलले कर्मचारीहरुलाई दशैं मनाउँनका लागि बोनस दिएको हो ।
कोरोनाको महामारीका कारण अन्य क्षेत्र जस्तै नोबेल पनि प्रभावित भएतापनि संकटका बेला आएको दशैंमा कर्मचारीलाई राहत स्वरुप बोनस वितरण गरिएको नोबेल अस्पतालका संचालक डा.सुनिल शर्मा बताए । कोरोनाको महामारीका बेला दशैंको मुखमा बोनस पाउँदा कर्मचारीहरु पनि उत्साहित भएका छन् । कर्मचारीको तलबमा मात्रै मासिक करिब ७ करोड रकम खर्चिदै आएको नोबेलले हरेक बर्ष कर्मचारीहरुलाई दशैं बोनस पनि वितरण गर्दै आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]