हिरालाल साह
विराटनगर, असोज २९ गते । कोरोना भाईरस (कोभिड–१९) को महामारी चलिरहेको बेला अग्रपंक्तिमा खटिएका डाक्टरहरु ,पत्रकारहरु तथा शव ब्यवस्थापनमा जुटेका युवाहरूलाई नेपाल वैश्य युवा संघ मोरङले बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले नगरभित्र महामारी तिब्रता लिइरहेको समयमा वैश्य युवाहरु, डाक्टरहरु तथा पत्रकारहरु संकटका बेला कोरोना भाईरस (कोभिड–१९) का संक्रमितहरुलाई उत्साह भर्ने काम गरेकोले आभार व्यक्त गरेका थिए ।
महामारीमा पनि आफ्नो ज्यानको पर्वाह नगरी अहोरात्र रिपोर्टिङमा रहेका मकालु टेलिभिजनका सम्वाददाता पदम सरदार, एभिन्युज टेलिभिजनका सम्वाद दाता बिरेन्द्र साह, आवर बिराटनगर अनलाईनका पत्रकार प्रेम देवानलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर युवा संघले सम्मान गरेका छन् ।
त्यससँगै फ्रन्टलाइनमा काम गरेका डा. बाल कृष्ण साह, डा.राम कुमार साह, डा.रुपेश गामी सम्मानित भएका छन् । कोभिडको संक्रमणकालमा मृत्युवरण गरेकालाई सहजीकरण गरि शव ब्यवस्थापनमा सरकारलाई सहजीकरण गर्न ६ जना युवाहरूलाई पनि युवा संघले सम्मान गरेका छन् ।
वैश्य युवा संघले लकडाउनको बेला निशुल्क मास्क बितरण, वृद्ध आश्रममा ५३ जनालाई ३ महिनाको खानाखर्च, पीडित विद्यार्थीहरुलाई आमा छात्रावास लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकारले बताए । संघका जिल्ला सल्लाहकार संतोष साहले बैश्य अन्तरगत नेपालामा ३६ वटा जात (जाति रहेको र बिराटनगर भित्र ५० हजार जनसंख्या रहेकोले अब बैश्यजातिहरुले सामाजिक अभियन्ताको साथै अधिकारको लागी पनि एक जुट भएर अगाडी बढनुपर्ने भनाइ वहांले वताए ।
सो कार्यक्रमका बिशिश्ट अतिथिमा नेपाली काङ्ग्रेसका युवा नेता तथा युवा संघका सल्लाहकार राजेश गुप्ता, युवा भोलेन्टियरहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बैश्य युवा संघ मोरङका अध्यक्ष गणेश साहको अध्यक्षता सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]