सुनसरी, असोज २८ गते । सुनसरी भोक्राहा नरसिंह गाउँपालका वडा नंं. ३ को ४० बर्षीय चन्द्र नारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको छ ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नरसिंह–३ शिवगंज चौकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण संगै साहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखिएको लागुऔषध डाईलेक्स डीसी ३० बोतल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]