विराटनगर, असोज २६ गते । जिल्ला प्रहरी कार्यालय मोरंगले दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुहरुको सेवा सुविधाको लागि यात्रु डेक्स संचालन गरिएको छ ।
यात्रु सहायता डेक्स रहेको स्थान तथा सम्पर्क नम्बरहरू जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बसपार्क सम्पर्क नं. ९८४२१०४९११, जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० विराटचोक सम्पर्क नं. ९८४२०७७०९४, जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ पूर्व बस स्टेन सम्पर्क नं. ९८२४९५९०१४, जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ३ पूर्व बस स्टेन सम्पर्क नं. ९८४३६९६०५१ गरी चार ठाउंमा डेक्स स्थापना गरिएको छ ।
क्षमता भन्दा बढी यात्रु राख्ने, द्रुत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले मादक पदार्थ सेवन गरेमा, कुनै पनि किसिमको दुव्र्यवहार, हिंसा गरेमा, कोभिड–१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेमा उल्लेखित नम्वरमा खबर गरी दिनु हुन जिल्ला प्रहरी कार्यालय मोरंगले आम नागरिकमा आग्रह गरेका छन् ।
साथै नेपाल पुलिस मोवाईल एप्समा समेत सूचना गर्न सकिने जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]