विराटनगर, असोज २५ गते । कोरोनाको महामारीको वीचमा सस्तो मुल्यमा राम्रो ‘न्यू रेडी गो कार’ विराटनगरमा लन्च भएको छ ।
विराटनगरको बरगाछीस्थित पायोनियर मोटोकर्प प्रालिले एक कार्यक्रम आयोजना गरि १.० लिटर नयाँ कार सार्वजनिक गरेको छ ।
जापानीज इन्जिन भएको सो कार ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्छ । मुख्यतया ः रेडी गो कारमा इन्टालिजेन्ट स्मार्ट अटो टेक्नोलोजीको न्यून इन्धन सञ्चालन खर्च लाग्ने तीन सिलिन्डरको इन्जिन रहेको छ ।
उक्तकारको विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्नप्याड रसिल्भर फिनिसिङ्ग, एसीका साथ उपलब्ध रहेको छ । सिल्भर, ग्रे, रुवी, सेता, रातो, र ब्राउन रङमा कारहरु उपलब्भ रहेको छ ।
पायोनियर मोटोकर्प प्रालि विराटनगरका शाखा प्रमुख अमित अग्रवालले भने यो कार पहिलो बुकिङ्ग गर्ने ग्राहकलाई १ लाख ५० हजार सम्मको छुट हुनेछ । न्यू रेडी गो कारको बजार मूल्य २३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । प्रति लिटरमा २१.७ किलो मिटरको म्यालेज दिने छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]