विराटनगर, असोज २५ गते । विराटनगर महानगर पालिका वडा नं. १८ स्थित आइपीसी सडकमा केही दिन देखि अलपत्र रहेका एक भारतीय नागरिकलाई समाजिक अभियन्ता जगरनाथ रायले सहयोग गरेको छ ।
शरिरमा कपडा पनि नभएको र केही दिन देखि खाना समेत नपाएको खबर पाए पछि समाजिक अभियन्ता रायले कपडा, खानेकुरा र पानी लिएर पुगेका थिए ।
त्यसको लागि पुर्वेली इनार सेवाका संचालक विरेन्द्र कुमार कामतले सहयोग गरेका थिए भने सडक पेटीमा रहेकोलाई सहयोग पु¥याउन जनता समाजवादी पार्टीका युवा नेता फैयाज आलमको उपस्थिति रहेको थियो ।
सामाजिक अभियन्ता रायले समाजमा रहेको विपन्न, गरीब, बाढीपिडित लगायतलाई वेला–वेलामा सहयोग गर्दै आएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]