विराटनगर, असोज २३ गते । महान पर्व दशै, तिहार र छठ आईरहेको वेला एक मदरसाको अध्यक्षले राजीनामा दिएका शिक्षकलाई प्रधानध्यापक वनाई शिक्षकहरुले पाउनुपर्ने तलब दुवैजना मिली झ्याप परेपछि शिक्षकहरु विच्चलीमा परेका छन् ।
विराटनगर महानगर पालिका वडा नं. १३ मा रहेको ताजुल इस्लाम नमुना आधारभुत विद्यालय (मदरसा) स्थापना कालदेखि मदरसा संचलनगरी प्रधानाध्यापकको रुपमा काम गर्दै आएका मोलाना समसुल हकले विहीवार अभिभावक भेला गरी सो कुरा वताएका हुन् ।
मदरसा व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद हैदरले र मदरसामै कार्यरत भई हाल राजीनामा दिएका शिक्षक मोहम्मद जावेदलाई गैरकानूनी तरीकाले प्रधानध्यापक वनाई बैकमा दस्तखत परिवर्तन गरी शिक्षकहरुको तलवको लागि शिक्षा निर्देशालय धनकुट्टावाट निकाशा भएको ४ लाख ९३ हजार ५ सय बैकवाट निकाली झ्याप पारेपछि शिक्षकहरुलाई तलब खुवाउन नसकेको गुनासो गरेका थिए ।
सो मदरसामा प्रधानध्यापक मोलाना समसुल हक राहतकोटाका शिक्षक हुन भने दुई जना बबली दास र काजल विश्वकर्मा बालविकासका शिक्षक हुन् । तीनीहरु वाहेक ८ जना शिक्षकहरु निजी स्रोतमा कार्यरत रहेको छ ।

मोलाना समसुल हकलाई जानकारी नै नदिई मदरसाका अध्यक्षले राजीनामा दिएका शिक्षक मोहम्म जावेदलाई जालझेल गरी प्रधानध्यापक वनाएपछि मोलाना समसुल हकले मोहम्मद जावेद भारत नागरीक भएर र नेपालमा पनि जालसाज गरी नागरिकता लिएर र जावेदको सर्टिफिकेट पनि नक्कली भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि मदरसामा विवाद बढेको अभिभावक भेलाका एक सहभागीले वताए ।
बालविकासको शिक्षक बबली दास र काजल विश्वकर्माले भने मदरसाको आन्तरीक विवादका कारण हामीले काम गरेको डेढ वर्ष देखिको तलव पाएका छैनौ । हामीलाई तलब दिनु पर्नेमा बैकवाटै अध्यक्ष र प्रधानध्यापकले रकम झ्याप पारेपछि एक त ६ महिनाको लकडाउ र दशै, तिहार र छठ पर्वकै मुखमा तलव नपाई विच्चलीमा परेका छौ ।


मदरसामा भवन निर्माणको लागि आएको रकम, कम्यूटरको लागि आएको अनुसाद र माननीय प्रदेश सभासद जयराम यादवले सहयोगरको १० लाख लगायतको विवादहरु हुंदै आएको छ ।
शिक्षा निर्देशनालय धनकुट्टावाट निकासा भएको रकम समसाद तवरेज र गायत्री ठाकुरको नाममा निकाशा भएको सोही रकम सवै निजी स्रोतको शिक्षकहरुलाई दामासाहीले दिनु पर्ने तर सो रकम मोहम्मद हैदर र मोहम्मद जावेदले शिक्षको तलव रकम हिनामिना गरेपछि सोको जानकारी गराउने उदेश्यले मोलाना समसुल हकले अभिभावक भेला बोलाई सवैलाई जानकारी गराएका थिए ।
सो अभिवाव भेलाले मोहम्द हैदर र जावेदले घटस्थापना भन्दा पहिले शिक्षकहरुलाई तलव खुवाएन भने ती दुवैको विरुद्ध प्रशासन समक्ष आनदोलन गर्ने चेतावनी दिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]