काठमाडौं असाज २२ गते । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पीसीआर परीक्षण गराएको हो ।
गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पीसीआर परीक्षण गरिएको आयोजकले जनाएको छ । सोमबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालय, मंगलबार बैंकको न्युरोड शाखा र बुधबार पुतलीसडक शाखामा शिविर सञ्चालन गरिएको हो । शिविरमा पहिलो दिन १ सय ९६, दोस्रो दिन २ सय २६ र तेस्रो दिन ४ सय ४ जना सर्वसाधरणले पीसीआर परीक्षण गराएका छन् । स्वाब दिएकाहरुलाई पीसीआर परीक्षण पश्चात फोनबाटै रिपोर्ट जानकारी गराईएको थियो ।
कोरोनाको महामारीले सबै क्षेत्रलाई अस्तव्यस्त बनाएका बेला निःशुल्क पीसीआर परीक्षण गरी सहयोग पुर्याउँन शिविर आयोजना गरिएको र आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]