विराटनगर, असोज २१ गते । लायन्स र लियो क्लव अफ विराटनगरले संयुक्त रुपमा कोशी अस्पतालका कुरुवाहरुलाई १० दिन देखि निशुल्क खाना वितरण गर्दै आएको छ ।
कोशी अस्पतालमा भर्ना भएका विरामीहरुलाई अस्पतलकै तर्फवाट खाना खुवाउने गरेको तर विरामीसंग रहेको कुरुवाहरुलाई कोरोनाको कारण खानाको लागि अप्ठ्यारो परको डा. सम्भु साहले लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनल टीममा राखेपछि लायन्सका निवर्तमान अध्यक्ष डा. बालकृष्ण साहको नेतृत्वमा अस्पतलका कुरुवाहरुलाई दिनहुँ निशुल्क खाना वितरण गरि रहेको छ ।

स्वस्फुर्त रुपमा क्लवका सदस्यहरुको सहयोगले अस्पतालमा भर्ना भएका विरामीको कुर्वाहरुलाई निःशुल्क खाना वितरण गदै आएको डा. साहका भनाई छ ।
कोरोना भाइरस (कोभिड–१९¬¬) को महामारीको बेलामा विरामीको कुरुवाहरुलाई खाना खान निकै अप्ठ्यारो महसुस गरी बिरामीको कुरुवाहरुलाई निःशुल्क खाना वितरण गर्न उपयुक्त ठानेर क्लवले खाना सहयोग गरेको डा. साहल बताउनुभयो ।
लायन्स र लियो क्लवका सदस्यहरुको साथ र सहयोगले अस्पतालमा रहेका कुरुवाहरुका लागि घटस्थापना सम्म निःशुल्क खाना उपलब्ध गर्ने वहांको भनाई छ ।


खाना शद्धताको लागि रोयल ग्रिण क्याफेमा प्याकिङ्ग गरी तात तातै वितरण गर्दै आएको छ । क्लवले स्वादिष्ट, ताजा खाना निःशुल्क वितरण गरेर निकै नै सराहनीय काम गरेको भन्दै कुरुवाहरु खुशी व्यक्त गरेका छन् । बिरामीका कुरुवा ढकबहादुर विष्ट, रमेश ऋषिदेव लगायतले प्रशंसा गर्नुभयो ।
स्पतालमा खाना वितरण गर्न डा बालकृष्ण साह, डा. प्रविण कुमार झा लगायत दर्जनौ क्लका सदस्यहरु सहभागिता रहेका छन् । क्लवले कार्तीक १ गते सम्म विरामीका कुर्वाहरुलाई निःशुल्क खाना वितरण गर्ने जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]